प्रसव पूर्व समयमा महिलाले के गर्नुपर्छ वा के गर्नु हुँदैन भनी WHO ले तयार गरेको मार्गदर्शन सूची

2023-08-11 453

Blogpost5

गर्भावस्था महिलाको जीवनको निकै संवेदनशील समय हो। यो समयमा महिलाले निकै ध्यानपूर्वक आफ्नो जीवनशैलीलाई व्यवस्थापन गर्नुपर्छ। गर्भावस्थाको समयमा स्वास्थ्य राम्रो बनाउन सके, महिलालाई प्रसवको समय सामना गर्न सहज हुन्छ साथै स्वस्थ र उचित तौल भएको सन्तानको अपेक्षा गर्न सकिन्छ। यो समयमा गरिएको स्वास्थ्य सेवाले महिलालाई सुत्केरी अवस्थामा पनि कैयौँ रोग र विकारहरूबाट जोगाउँछ।

WHO ले अनुसन्धान मार्फत् प्रसव पूर्व समयमा महिलाले के गर्नुपर्छ वा के गर्नु हुँदैन भनी मार्गदर्शन सूची तयार गरेको छ। यस लेखमा WHO ले गर्भ अवधिलाई स्वस्थ र सहज बनाउनको लागि दिएको सुझावहरूलाई संक्षिप्त रूपमा व्याख्या गरिएको छ। 

गर्भावस्थाको समयमा स्वस्थ खाना र शारीरिक रूपमा सक्रिय रहने WHO को बारे परामर्श:

१. गर्भवती अवस्थाका महिलाहरुले तौल सन्तुलित राख्नुपर्छ। तौल बढी भएमा त्यसलाई कसरी सन्तुलनमा ल्याउने कुरामा डाक्टरसँग परामर्श लिनुपर्छ। 

२. गर्भवती अवस्थाका महिलाहरुले कुपोषण हुन बाट बच्न दैनिक उर्जा र प्रोटिन युक्त खाना खानुपर्छ।

३. कम तौल भएका नवजात शिशुहरु जन्मिने जोखिम कम गर्न गर्भवती महिलाहरुले नियमित पोषणयुक्त खानाको सेवन गर्नुपर्छ।

WHO ले दैनिक आइरन  र फोलिक एसिडको ३० मिलीग्रामदेखि ६० मिलीग्राम एलिमेन्टल आइरन र ४०० माइक्रोग्राम (०.४ मिलीग्राम) फोलिक एसिडले गर्भवती महिलाहरूलाई मातृत्वको रक्तअल्पता, पिउरपेरल सेप्सिस, कम तौल र पूर्व जन्म रोकेको तथ्य पत्ता लगाएको छ। त्यसैले गर्भवती महिलाहरूले आइरन र फोलिक एसिड युक्त खानेकुराको सेवन गर्न आवश्यक छ।

आइरन र फोलिक एसिड पूरक 120 mg एलिमेन्टल आइरन र 2800 µg (2.8 mg) फोलिक एसिड हप्तामा एक पटक गर्भवती महिलाहरूलाई मातृ र नवजात शिशुको नतिजा सुधार गर्न सिफारिस गरिन्छ। यदि नियमित आइरनको सेवनले साइड इफेक्ट देखिएमा यसको सेवन चिकित्सकको परामर्शबाट बन्द गर्न सकिन्छ।

गर्भवती महिलाहरूको आहारमा क्याल्सियमको मात्रा कम भएमा दैनिक क्याल्सियम पूरक (१.५–२.० ग्राम ओरल एलिमेन्टल क्याल्सियम) प्रि-एक्लाम्पसियाको जोखिम कम गर्न WHO ले सिफारिस गरेको छ। भिटामिन ए पूरक ट्याब्लेट, भिटामिन ए को कमीका कारण गम्भीर जनस्वास्थ्य समस्या भएका क्षेत्रहरूमा रतन्धोपन रोक्न गर्भवती महिलाहरूको लागि लाभदायक हुन्छ।

WHO का अनुसार बहु सूक्ष्म पोषक तत्व साथसाथै भिटामिन B6 (pyridoxine), भिटामिन ई, भिटामिन सी र भिटामिन डीको पूरक ट्याब्लेटहरू भने गर्भावस्थाको समयमा महिलाहरूका लागि त्यति आवश्यक छैन। तर आफ्नो जीवनशैली, नियमित खानपान र आराममा महिलाले बढी भन्दा बढी ध्यान पुर्याउनुपर्छ।

त्यसैले पनि गर्भवती महिलाले उच्च क्याफिनको ((प्रति दिन 300 मिलीग्राम भन्दा बढी) सेवन गर्नु उपयुक्त हुँदैन। उच्च क्याफिनको सेवनले गर्भावस्थाको समयमा गर्भावस्था गुमाउने र कम वजन भएका नवजात शिशुहरूको जन्म हुने जोखिम बढाउँछ। क्याफिनको सेवन घटाउन सँग सँगै महिलाले आफ्नो शरीरमा चाहिने पोषण तत्व भने पूरा गर्नुपर्छ। नत्र महिलालाई पोषण तत्वको कमीका कारण हुन सक्ने कैयौँ संक्रमण र रोग लाग्न सक्छ।

यही कुरालाई मध्यनजर गर्दै गर्भावस्थामा Anemia छ कि छैन भनेर परीक्षण गर्न Full Blood Count Testing विधिको प्रयोग गर्न WHO ले सिफारिस गरेको छ। उक्त परीक्षण उपलब्ध नभएको अवस्थामा, गर्भावस्थामा रक्तअल्पताको निदान गर्ने विधिको रूपमा Haemoglobin Colour Scale का साथै हेमोग्लोबिनोमिटरको प्रयोगबाट  हेमोग्लोबिनको परीक्षण गर्नु सकिन्छ।

गर्भावस्थामा होएसिम्प्टोमेटिक ब्याक्टेरियोरिया (ASB) को निदानको लागि Midstream urine culture विधि राम्रो मानिन्छ। पिसाब कल्चर उपलब्ध नभएको ठाउँहरूमा, गर्भावस्थामा ASB निदान गर्ने विधिको रूपमा डिप्स्टिक परीक्षणहरू प्रयोग गर्दा साइटमा मिडस्ट्रीम मूत्र ग्राम-स्टेनिङ विधिको प्रयोग गर्न सकिन्छ। WHO मापदण्ड अनुसार गर्भावस्थाको समयमा हाइपरग्लाइसेमिया कुनै पनि समयमा पहिलो पटक पत्ता लागेमा गर्भावस्थामा मधुमेह मेलिटस (GDM) वा Diabetes Mellitus  रूपमा वर्गीकृत गर्नुपर्छ र त्यही अनुसारको उपचार प्रक्रियामा तुरुन्तै प्रवेश गर्नुपर्छ। स्वास्थ्य सेवा प्रदायकहरूले सबै गर्भवती महिलाहरूलाई धुम्रपान वा सुर्तीजन्य पदार्थको सेवन साथै अप्रत्यक्ष धुम्रपानबाट अलग रहन पहिले देखि नै सतर्क गर्नुपर्छ। गर्भवती महिलाले विगत वा वर्तमानमा लागु औषधको सेवन (धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ वा अरु कुनै नशालु पदार्थ) गरेको भए सकेसम छिटो चिकित्सकलाई जानकारी दिनुपर्छ। यो जानकारीले महिलालाई उनको गर्भावस्थामा कति सम्म हेरचाहको आवश्यकता पर्दछ भनेर चिकित्सकहरूलाई अनुमान गर्न सजिलो हुन्छ। र पूर्व जानकारीले आउन सक्ने समस्याहरूलाई शीघ्र निराकरण गर्न सकिन्छ।

सम्पूर्ण अस्पतालहरूमा Provider Initiated Testing and Counseling (PITC) अन्तर्गत एचआईभी रोगको परीक्षणसाथै, त्यो रोग सम्बन्धि चेतना हरेक गर्भवती महिलाको गर्भावस्थाको स्वास्थ्य सेवामा अनिवार्य समावेश गर्नुपर्छ। PITC लाई गर्भवती महिलाहरूमा अन्य यौनजन्य रोगको (जस्तै सिफिल्स, गोनोरिया आदि) परीक्षण तथा उक्त रोग लागेमा त्यसले शिशुमा कस्तो प्रभाव पर्दछ भन्ने जानकारी उपलब्ध गराउनुपर्छ। यो जनचेतना स्वास्थ्य प्रणालीलाई बलियो बनाउने एक आधार हो। जहाँ क्षयरोग (TB) सामान्य जनसङ्ख्यामा 100/100000 जनसङ्ख्या वा माथि छ, गर्भवती महिलाहरूको लागि सक्रिय क्षयरोगको लागि व्यवस्थित स्क्रीनिंग प्रसवपूर्व हेरचाहको रूपमा विचार गर्नुपर्छ।

एसिम्प्टोमेटिक ब्याक्टेरियोरिया (ASB) को संक्रमण भएका सबै गर्भवती महिलाहरूको लागि शिशुको पूर्व जन्म र कम तौल भएको शिशुको जन्मबाट बच्न सात दिनको एन्टिबायोटिकको सेवन गर्नुपर्छ। WHO को अनुसन्धानको अनुसार गर्भवती महिलामा लगातार मुत्र नलीको संक्रमण देखिएमा, त्यसले गर्भमा पुर्याउन सक्ने सम्भावित क्षति रोक्नको लागि एन्टिबायोटिक औषधि लिनुपर्छ। स्थानीय क्षेत्रहरूमा, गर्भवती महिलाहरूको लागि पहिलो त्रैमासिक पछि जिवाणु तथा जुका संक्रमण न्यूनीकरण कार्यक्रमको भागको रूपमा रोकथाम anthelmintic उपचार गर्नुपर्छ। टिटानसबाट नवजात मृत्युदरलाई रोक्नको लागि सबै गर्भवती महिलाहरूले टिटानस टक्सोइड खोप लगाउनु पर्दछ।

महिलाको प्राथमिकता र उपलब्ध विकल्पहरूमा आधारित रही गर्भावस्थाको प्रारम्भिक चरणमा हुने वाकवाकीको समस्याबाट राहत पाउन अदुवा, क्यामोमाइल, भिटामिन B6 र एक्यूपंक्चर विधिको प्रयोग गर्न सकिन्छ। गर्भावस्थामा मुटु समस्या र Heart Burn को रोकथाम र राहतको लागि आहार र जीवनशैलीमा सुधार गर्न WHO द्वारा समेत सिफारिस गरिन्छ। जीवन शैली परिमार्जनबाट मुक्त नहुने समस्याका लक्षणहरू भएका महिलाहरूलाई एन्टासिड जस्ता औषधिहरू चिकित्सकको निगरानीमा मात्रै सेवन गर्न सल्लाह दिइन्छ। गर्भावस्थामा खुट्टाको दुखाइबाट राहत पाउन म्याग्नेसियम, क्याल्सियम वा गैर-औषधि उपचार विकल्पहरू  प्रयोग गर्न सकिन्छ। कतिपय सन्दर्भमा सामान्य मालिसले पनि शारीरिक दुखाइलाई धेरै राहत दिने गर्छ।   शारीरिक दुखाइ धेरै भएमा महिलाको प्राथमिकता र उपलब्ध विकल्पहरूमा आधारित फिजियोथेरापी, सपोर्ट बेल्ट र एक्युपंक्चर जस्ता विभिन्न उपचार विकल्पहरू प्रयोग गर्न सकिन्छ। गर्भावस्थाभर नियमित व्यायाम चालु राख्न सिफारिस गरिन्छ। यसले ढाड र कम्मरको दुखाइलाई कम गर्न साथै रक्तचाप पनि सन्तुलनमा राख्छ। तर गर्भावस्थामा गह्रुङ्गो र धेरै थकान हुने व्यायामले भने शरीर र गर्भको सन्तानमा नकारात्मक असर पर्न सक्छ।

प्राय: गर्भावस्था सुरु भएपछि महिलाको जीवनशैली र खानपानमा हुने परिवर्तनले कब्जियतको समस्या निर्माण हुन सक्छ। त्यसैले, गर्भावस्थामा गहुँको सेवन वा अन्य फाइबर सप्लिमेन्टहरू कब्जियतबाट राहत पाउनको लागि प्रयोग गर्न सकिन्छ।

यी बाहेक अन्य स्वास्थ्य समस्याहरूबारे जानकारी लिन तपाई WHO को वेबसाइटमा जान वा आफ्नो चिकित्सकसँग सम्पर्क राख्न सक्नुहुन्छ। साथै नि:सन्तानको यात्रा पूरा गरी गर्भधारण गर्नुभएका भाग्यशाली दम्पतिहरूलाई वात्सल्य यी सुझावहरूको अझ उचित रूपमा पालना गर्न सिफारिस गर्दछ। शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको सन्तुलित रूपमा ख्याल राखे, गर्भावस्था अवधिमा आउने धेरैजसो स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

Get our Articles Right in your Inbox every week.

* indicates required