2024-04-18 2009
मेरो दाई निक्कै वर्ष पछि केहि समयका लागि हामीलाई भेट्न नेपाल आउनु भएको थियो। यूरोपमा अध्ययन गरे पश्चात बिभिन्न देशमा नेटवर्क ईन्जिनियरको रुपमा काम गरेर उनले धेरै सफलता प्राप्त गरेका छन् । हाल जर्मनी को बोनमा एक प्रसिद्ध कम्पनीमा कार्यरत हुनुहुन्छ। उनकी जर्मन श्रीमती पनि छिन्। भाउजुले एक बर्ष अगाडि मात्र हाम्रो परिवारलाई छोरा जन्माएर एउटा निश्चल कोसेली दिनुभएको हो। बाबु सानै भएकोले दाई मात्र आउनुभएको । बुआ-आमाको खुशीको त सिमै छैन अहिले।
मेरो पनि बिहे भएको चार बर्ष भइसक्यो। श्रीमान को ब्यापार पनि राम्रै चलेको छ। तर, धेरै प्रयास गरे पनि हामीले सन्तान चाँहि पाउन सकेका छैनौं । यो कुरोले समय-समयमा म र श्रीमान बिच तनाब पनि हुने गर्छ। बिचरा, उनको पनि के दोष छ र? मेरा सासु-ससुरा समाजको कुरो सहन नसकेर आफ्नै छोरालाई परिवारको चिराग छिटै ल्याउन दवाव दिइरहन्छन्। यसमा कसैको दोष नभइ समय-परिस्थिती को खेल हो भन्ने कुरो मैले बुझेकी छु। तैपनी, भाग्यमा सन्तानको सुख लेख्या छैन कि भन्ने पिरले चाँहि मेरो मुटु बिथोली रहन्छ।
शनिबारको दिन पारेर दाई ले बुवा-आमा र मलाई काठमाडौंको चन्द्रागिरी घुम्न लगे। त्यहाँको वातावरण निक्कै शुद्ध थियो र त्यहाँबाट देखिने काठमाडौंको भ्यू साह्रै नै रमनिय थियो। यति धेरै बर्ष पछाडि हामी सङ्गै घुम्न गएको पनि यो पहिलो मौका थियो। झन् दाईले त मेरो बिहेमा आएर मलाई आशिर्बाद पनि दिन पाएका थिएनन। यो क्षण सपना झैं लागि रहेको थियो मलाई। हाँस्न-रमाउन मन त थियो तर ओठमा मुस्कान भने ल्याउन सकिरहेकी थिइन।
दाईले भने मेरो मुटुभित्र को चोट बुझी सकेका रहेछन् । सबैजना आफ्नै धुनमा भएको मौका छोपेर दाईले सोधे,"के भयो नानु तँलाई? म आएकोमा खुशी देखिन्नस त?" मैले भने," छ्या, किन त्यस्तो भन्नु भएको?"
उनले भने, "मेरो नानु हास्ने कोशीश त गर्छे तर मन भित्र को दु:ख मात्र बाहिरिएको देख्छु । ज्वाँई ले माया त गर्छन् नि?" "एकदम गर्छन्। तर मैले उनलाई एउटा बच्चा पनि दिन सकेकी छैन। चार बर्ष भैसक्यो। केही दिन यता हामी बीच मनमुटाव पनि हुन थालेको छ। मेरै कम्जोरी होला। भाग्य नै फुटेको रहेछ।" यती भन्दै म रुन थालें।
दाई केही बेर बोल्नुभएन। अनि भने,"तँलाई थाहा न होला नानु, तर तेरो भाउजु र मैले पनि यस्तै कठिनाईको सामना गरी सक्यौं। हामीले आइ भि एफ् गरेर बाबु पाएको हो । अनि कस्ले भन्यो तलाई यस्मा तेरो मात्र कम्जोरी छ भनेर? पुरुषको कम्जोरी पनि हुन सक्छ। त्यो कुरो त आइ भि एफ् डाक्टर ले परिक्षण गरेपछि मात्र ठम्याउन सक्छन।" मैले भनें,"दा, तपाईं पो यूरोप मा बस्नुहुन्छ। हाम्रो नेपाल मा कहाँ खोज्नु यस्तो प्रविधि?"
"कस्ले भन्यो तँलाई, यूरोपमा मात्र यो प्रविधि छ भनेर? खासमा मैले आइ भि एफ् गरेर बाबु पाएको कुरा सुनाउँदा बुवा-आमा अलि अल्मलाउनु भएको थियो तर पछि तैंले नि यस्तै समस्या पाएको बताउनुभएको थियो । नानु लाई पनि यस बारे बुझाउनु भन्दै हुनुन्थ्यो । सुन् मैले साथीहरुबाट नक्सालको नारायणचौरमा आधुनिक र विश्वसनीय वात्सल्य आइ भी एफ सेन्टर छ भन्ने थाहा पाएको छु। त्यहाँ तँ जस्ता वा निम्न अवस्थामा भएका महिला वा पुरुषले आइ भि एफ् द्वारा सन्तान प्राप्त गर्न सक्छन् ।
यीमध्ये कुनै समस्या देखियोभने IVF सम्बन्धि डाक्टरलाई देखाइहाल्नुपर्छ ।
दाजुले दिएको हौसलालाई मैले साकत्मरात्मक तरिकाले लिएं र श्रीमानसँग वात्सल्यका डाक्टर भेटेर सहि सुझाब लिएँ। आज म खुशी छु, संतान प्राप्त गरेर । तपाईंलाई पनि यस्तै समस्या छ भने मैले जस्तै गरेर आफ्नै बच्चाको सपना साकार बनाउनुहोस्।