गर्भनलि बन्द हुने समस्या

2020-10-16 890

tubal blockage.jpg

गर्भनलि महिला प्रजनन् अङ्गको महत्वपूर्ण अङ्ग हो । पाठेघरको दुवै छेउबाट एक-एक गरी निस्केका नलि आकारका यी अङ्ग जम्मा दुईवटा हुन्छन् र यहाँ डिम्ब र शुक्रकिटको मेल भई गर्भधारणको प्रक्रिया शुरु हुन्छ। यसमा कुनै प्रकारको अवरोध भएमा वा  कुनै रुपले यो बन्द भएमा गर्भधारणमा समस्या आउँछ। करिब ४०% दम्पतिहरु गर्भनलिका समस्या का कारण सन्तान प्राप्त गर्न सकेका छैनन् । गर्भनलि एउटा मात्र वा दुईवटै पनि बन्द हुन सक्छ ।

blog pic.jpg

गर्भनलि बन्द हुने प्रमूख कारणहरु:

  • Pelvic Inflammatory Disease
  • क्षयरोग
  • यौनजन्य रोग
  • गर्भनलिको शल्यक्रिया
  • Ectopic Pregnancy
  • जन्मजात नलि बन्द भएको
  • Endometriosis and Adhesion

गर्भनलि बन्द भएको लक्षण :

  • अधिकत्तम महिलाहरु आफ्नो गर्भनलि बन्द भएको थाहा पाउँदैनन् । सन्तान प्राप्त गर्ने कोसिस मा लाग्दा, असफल भएपछि जाँच गर्दा मात्रै थाहा पाउँछन् ।
  • इन्फेक्सन का कारण गर्भनलि बन्द भएमा (Hydrosalpinx) नलि सुन्निएर तल्लो पेट दुख्ने वा योनिबाट असामान्य रुपमा तरल पदार्थ आउने समस्या हुन सक्छ ।

गर्भनलि बन्द भएको पहिचान कसरी गर्ने ?

एक विशेष किसिको X-Ray, Hysterosalpingography को मद्दतले गर्भनलि बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ । यसमा एक विशेष किसिमको तरल पदार्थ (dye) को प्रयोग गरिन्छ । यो तरल पदार्थ कुनै रुकावट भएमा पूर्ण अंगमा फैलिन सक्दैन र यसले अवरोध रहेको जनाउँछ । यो प्रक्रिया अपनाउँदा कहिले काँहि असजिलो महसुस हुन सक्छ र थोरै पीडा पनि हुन सक्छ ।

गर्भनलि बन्द भएमा सन्तान प्राप्तिको उपचारको लागि के गर्ने ?

गर्भनलि बन्द भएमा पहिला बन्द हुनुको कारण र कति बन्द छ पत्ता लगाउनु जरुरी हुन्छ । सामान्य किसिमको रुकावट भएमा (जस्तै कुनै अवशेषका कारण ,debris) laparoscopy surgery प्रयोग गर्न सकिन्छ । यदि अवरोध धेरै भएमा IVF प्रक्रिया अपनाउन सकिन्छ ।

थप जानकारीका लागि यसै विषय सँग सम्बन्धित यो भिडियो हेर्नुहोस् ।

Get our Articles Right in your Inbox every week.

* indicates required