सम्हालिनुहोस् : अपेक्षा पूर्ण गर्न सम्भव छ

2024-05-21 835

15581692012047_Blogpos...

हाम्रो जीवनको हरेक क्षण आकाङ्क्षाहरूले भरिएको हुन्छ। जन्म देखि मृत्युसम्मको यो घडीमा हामी तिनै आकाङ्क्षाहरू पूर्ति गर्नमा समय व्यतीत गर्छौँ। त्यसैले त हामी हाम्रा आकाङ्क्षाहरू पूरा हुँदा निकै खुसी हुन्छौँ र पूरा नहुँदा निकै हतास। आज म आफ्नो आकाङ्क्षाहरूका कथा सुनाउन जाँदै छु।

म मध्यम वर्गीय नेपाली परिवारमा जन्मेर हुर्केकी महिला हुँ। मलाई पनि अरू छोरीहरूलाई जस्तै आफ्नो लक्ष्य अनुसार मेरा बाबा आमाले हुर्काउनु भएको थियो। मेरो हुर्काइको क्रममा समाजमा भएका र हुने गरेका संस्कार, सामाजिक मूल्य मान्यता छोरी हुनुको नाताले छोरीले गर्नु पर्ने संस्कारी बोली व्यवहार सिकाइएको थियो। म २० वर्षकी हुँदासम्म घरको काममा सघाउने, पढ्ने, भाइहरूको हेरविचार गर्ने, खेतिपातिको काममा सामान्य सहयोग गर्ने, आफूले नि पढ्ने गरेर बितेको थियो। म ब्याचलर पढ्दै गर्दा, आफन्तहरूबाट आएको प्रस्तावबाट मेरो मागी विवाह भएको थियो।

दिनहरू रमाइलो सँग चलिरहेका थिए, विवाह भएको २-३ वर्ष सम्म त ठिकै थियो, त्यस पछि हामीले बच्चा जन्माउने रहर गर्न थाल्यौ। परिवार नियोजनका कुनै साधन प्रयोग नगर्दा पनि गर्भ रहेको थिएन। यसै बिचमा मलाई घरमा अनि माइतमा पनि अब त बच्चा पाउनु पर्‍यो नि, के गरेका यिनीहरूले भन्न थालेका थिए।  यता हाम्रो प्रयास पनि खेर गैरहेको बेला अरूलाई जवाफ दिन गारो परिरहेको थियो। हामी श्रीमान् श्रीमती पनि ३-४ वर्ष भइसक्दा पनि गर्भ नरहँदा चिन्तित हुन थालेका थियौँ। तर मेरो श्रीमानले आजभोलि धेरै प्रविधि छन् अब जँचाउनु पर्छ भनी रहनु भएको थियो। यस्तै चली रहँदा हामीलाई परिवार देखि समाजले  प्रश्न गर्न थालेका थिए।   के कारणले तिमीहरू बच्चा जन्माउँदैनौ भन्ने कुराहरू बेला बेला आइरहन्थे। प्राय: ममाथि नै अरूले शङ्काको तेर्सो लगाउँथे। पटक पटक मेरो  शारीरिक अवस्थामाथि गरिएको प्रतिक्रियाले मलाई आफ्नो स्वाभिमान र आत्मविश्वासमा ठेस पुगेको महसुस हुन्थ्यो। आफ्ना निकै नजिकका नातेदारहरूबाट मैले कहिल्यै त्यस्तो व्यवहारको आशा गरेकी थिइनँ, तर म उनीहरूलाई मनाउने अवस्थामा थिइनँ।

हामी कामको सिलसिलामा बाहिर बस्छौँ।  चाडबाड, सामाजिक, धार्मिक कार्यक्रमहरूमा घरमा जाँदा समेत छरछिमेक, नातेदारहरूले बच्चा किन नभएको भन्दै प्रश्न गर्दा मलाई निकै अप्ठ्यारो लाग्थ्यो। कुन मुखले के जवाफ दिनु भन्ने लागेर म मौन बस्थेँ।

अब त माइतीमा जाँदा पनि मेरा साथीहरू आफ्ना प्यारा प्यारा बच्चा लिएर आउँदा मलाई खिन्न हुन थालेको छ। जता गए पनि तिमी भन्दा पछि विवाह गरेकी ऊ शर्मिलाको दुई वटा बच्चा भइसके तिम्रो किन हो, के भयो, जुवाइँ सँग त राम्रो नै छ नि भनेर हाम्रो सम्बन्धमा समेत शङ्का गर्न थालेका छन्।  म “होइन, केही छैन” भन्न समेत अप्ठ्यारो मान्न थालेकी छु। 

पनि रहर पूरा नहुँदा साँच्चै नै नरमाइलो लाग्छ। कहिलेकसो त यति खालि महसुस हुन्छ कि कसैसँमेरो भाइ बुहारीको विवाह भएको एक वर्षमै बच्चा भयो। देवर देउरानीको पनि एक वर्षकी छोरी भइसकी।  उनीहरूको भयो भनेर मलाई भाइको भइसक्यो, दिदीको विवाह भएको यतिका वर्ष भइसक्यो, के भयो भन्दै सबैले सोध्ने गरेकोले मलाई मनमा चिसो पस्ने गरेको छ। घरपरिवारमा अनि समाजमा आफू भन्दा साना उमेरकाले बच्चा लिएर हिँड्दा मलाई रहर लागेर आउँछ। रहर लाग्नु सामान्य कुरा हो,तर प्रयास गर्दा गर्दै पनि रहर पूरा नहुँदा साँच्चै नै नरमाइलो लाग्छ। कहिलेकसो त यति खालि महसुस हुन्छ कि कसैसँग नबोली ढोका बन्द गरेर दिन बिताउँछु। आजभोलि श्रीमान् पनि पहिले जस्तो नम्र स्वभावको हुनुहुन्न। किन हो, उहाँले अर्को विवाह गर्नुहुन्छ कि भन्ने डर मनमा लागिरहन्छ। यसमा न मेरो, न उहाँको केही दोष छ। तैपनि पीडा र वेदना भने महिलाले नै भोग्नुपर्ने रहेछ।

हामीले उपचार पनि गर्दै छौ, तर कारण पत्ता लागेको छैन। घर परिवार, नातागोता पनि मेरो मात्रै कमजोरी होला जस्तो कुरा गर्छन्।  समाजमा मेरो मात्र नभई अरू बच्चा नभएको महिलाको कारणले नै होला जस्तो कुरा हुन्छ। यस्ता कुरा बढी मैले नै सुन्नु पर्छ त्यसैले मलाई दिक्क लागेर आउँछ। अब त कतै सामाजिक कार्यक्रममा पनि  जान नपरे हुन्थ्यो जस्तो लाग्छ। देवर देवरानीको बिहेको १ वर्षमै बच्चा हुँदा, मेरो श्रीमानले मलाई मेरै गल्तीले बच्चा नजन्मिएको हो जसरी गाली गरिरहनु भएको थियो। श्रीमानलाई “हजुरको पनि त समस्या हुन सक्छ। हस्पिटल गएर अलि राम्रोसँग चेक गराऔँ न त” भन्न मन थियो तर अनायासै उहाँको रिस देखेर मुख खोल्ने आँट गर्न सकिनँ। यस्तो हुँदा मलाई धेरै रुन मन लाग्छ, अहिले त को सँग रुने, साथी समेत पाउन छाडिसके। कसैसँग पनि खुलेर कुरा गर्न सक्दिनँ। समाजमा हुने शुभ कार्य, शुभ साइतमा समेत बच्चा नपाएकी महिला देख्यो भने साइत पर्दैन भन्छन्, त्यस्तो कुराले मलाई अझ दु:ख लाग्छ। श्रीमान् पनि मेरै कारणले नभएको जस्तो गरी तानाबाना सुनाउनु हुन्छ। 

सासु आमाले पनि मलाइ हेयको दृष्टिले हेर्न थाल्नु भएको छ। यसको बच्चा भएन, तैले नि:सन्तान भएर बस्ने कुरा हुँदैन बाबु, अब विकल्प खोज्नपर्छ भन्न थाल्नु भएको छ। पहिला कति माया गर्ने सासु आमा अहिले मलाई अलछिना, थारी, साइतको बेलामा यसको मुख हेर्न हुँदैन भन्न थाल्नु भएको छ। अब त हुँदा हुँदा ससुरालाई समेत मेरो विरुद्ध बोल्न बाध्य पर्न थाल्नु भएको छ। ससुरा बा पनि एउटा नाति दिन सकिनस् भन्दै तनाव दिन थाल्नु भएको छ। मेरो श्रीमान् आमा बाको कुरा सुनेर मलाई नै गलत देख्न थाल्नु भएको छ। यस्तो घरपरिवार र समाजबाट अवहेलना हुँदा मलाई दिन पनि रात जस्तै अँध्यारो भएको छ। सहयोग गर्ने, सल्लाह दिने कोही पाएकी छैन। समस्याको समाधान भन्दा पनि मलाइ नै दोष थोपरेर सबै उम्कन खोज्दै छन्।

यति हुँदा पनि म हरेस भने खाएकी छैन, मैले विभिन्न उपचार पद्धति बारेमा अध्ययन गरेकी छु। राम्रो सँग चेक जाँच गरेको खण्डमा समाधानको बाटो पनि हुछ भन्ने मलाई आशा छ।  गत महिना माइत जाँदा आमाले एकजना उपचार गरेर बच्चा भएकी मेरी साथी सँग सोध्नु भएको रहेछ। आमाले त्यही बारेमा मलाई भन्नु भएको थियो, त्यसको ठेगाना लेखेर ल्याउनु भको रैछ, अब श्रीमान् लाई भनेर यी प्रविधि मध्ये IVF प्रभावकारी हुन्छ भन्ने सुनेकी छु। कति दम्पतिले त सामान्य औषधोपचार गराएर पनि सन्तान जन्माएको कुरा सुन्दा मेरो हौसला अझै  बढेको छ। अब मैले  निराश हुनु भन्दा पनि उपचार पद्दतिमा लाग्ने प्रण गरेकी छु। श्रीमानसँग खुलेर आफ्नो समस्या भन्ने अठोटमा छु। नि:सन्तानको परिस्थिति कठिन अवश्य छ तर श्रीमान श्रीमतीको दृढ प्रयत्न र धैर्यताबाट पार लगाउन सकिन्छ। हामी दम्पतिको जीवनशैली र खानपानको कारणले पनि नि:सन्तानको समस्या देखिएको हुन सक्छ। त्यसैले हामी दम्पति सर्वप्रथम आफ्नो स्वास्थ्यमा ध्यान दिने अठोट राखेका छौँ। मैले नि:सन्तानको यात्रामा यति कुरा थाहा पाएकी छु कि कुराहरू मनमा लुकाउन भन्दा भएको समस्यालाई स्वीकार गरेर समस्याको समाधानतिर जति छिटो जान सक्यौँ, त्यति नै यो यात्रा सहज हुने रहेछ। आशा सबैभन्दा ठुलो हतियार हो। मेरो यही आशा छ, हाम्रो घरमा शीघ्र सन्तानको आगमन हुने छ।

Get our Articles Right in your Inbox every week.

* indicates required