कोरोना भाइरस: गर्भावस्था तथा स्तनपान सम्बन्धी प्राय सोधिने प्रश्नहरु

2020-04-14 532

blog_cover_pregnany_br...

१. के गर्भवती महिला कोभिड–१९ को उच्च जोखिमा पर्दछन् ?

  • गर्भवती महिलामा कोभिड—१९ बाट हुने प्रभावबारे अहिले अध्ययन भैरहेको छ । अरु सामान्य मानिस भन्दा गर्भवतीहरु कोभिड–१९ को उच्च जोखिम हुन्छ भन्ने तथ्य अहिले सम्म प्रमाणित भैसकेको छैन ।
  • गर्भवती अवस्थामा महिलाको शारिरीक र प्रतिरक्षा प्रणालीमा परिर्वतन आउने भएकोले श्वासप्रश्वास प्रणालीमा नराम्ररी असर पर्न सक्दछ । कोभिड–१९ को सामान्य लक्षणहरु जस्तै ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ ।

२. म गर्भवती छु । कसरी म कोभिड—१९ बाट सुरक्षित रहन सक्छु ?

  • अरु सामान्य मानिसले लिने सावधानीका उपायहरु जस्तै गर्भवती महिलाले पनि कोभिड—१९ बाट बच्ने उपाय अपनाउनु पर्दछ ।

     ती उपायहरु यस प्रकार छन् :

  • सफा साबुन पानीले बेलाबेलामा हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
  • आफु र अरु व्यक्तिबीच ३ फिट टाढाको दुरी कायम गर्ने ।
  • मुख, नाक र आँखा अनावश्यक रुपमा हातले नछुने ।
  • खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखलाई कुहिनाले छोप्ने वा नरम टिस्यु पेपर प्रयोग गरी बिर्को भएको फोहोर फ्याँक्ने भाँडोमा फाल्ने ।
  • यदि तपाईलाई ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस् । गर्भवति तथा सुत्केरी महिला कोभिड—१९ बाट प्रभावित भएता पनि नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ ।

३. के गर्भवति महिलाले कोभिड—१९ को जाँच गराउनुपर्दछ ?

  • विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाको कोभिड—१९ को परिक्षण गर्न सिफारीस गरेको छ । कोभिड—१९ बाट संक्रमित गर्भवति महिलालाई विशेष प्रकारको स्वास्थ्य हेरचाहको आवश्यक पर्दछ ।

४. के कोभिड—१९ गर्भवती महिलाबाट गर्भको बच्चालाई वा नवजात शिशुलाई सर्दछ ?

  • अहिलेसम्म कोभिड—१९ गर्भको भ्रुणमा र सुत्केरी हँुदा नवजात शिशु सरेको कुरा पुष्टि भएको छैन । आजको मितिसम्म परिक्षण गरेको गर्भको भ्रुणका तरल पदार्थ र आमाको दुधको नमूनामा कोभिड—१९ सरेको फेला परेको छैन ।

५. गर्भवति र प्रसुती अवस्थामा के कस्तो सेवा उपलब्ध हुनुपर्दछ ?

  • कोभिड—१९ बाट संक्रमित वा शंकास्पद सबै गर्भवति महिलाले गर्भावस्था, प्रसुति अवस्था र शिशु जन्मे पछिको अवस्थामा गुणस्तरिय सेवा पाउनु उहाँहरुको अधिकार हो ।
  • सुरक्षित र महिलामैत्री प्रसुति सेवाको लागि निम्न कुरा आवश्यक छन् :
  • सम्मानजनक व्यवहार
  • प्रसुतिको बेला महिलाले ईच्छाएको ब्यक्तिको उपस्थिति
  • प्रसुतिकर्मीद्धारा सहि जानकारी
  • कम पीडारहित प्रसुतिको ब्यवस्था
  • कोभिड—१९ को संक्रमित वा शकांस्पद महिलालाई सेवा दिने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाको उचित उपाय सहितको सावधानी लिनुपर्दछ ।

६. के कोभिड–१९ शंकास्पद वा पुष्टि भएका गर्भवती महिलाले अप्रेसनबाट मात्र शिशु जन्म दिनुपर्दछ ?

  • होइन, पर्दैन । विश्व स्वास्थ्य संगठन अनुसार अप्रेशन आवश्यक भएमा मात्र गर्नुपर्दछ ।

७. के कोभिड—१९ बाट संक्रमित आमाले आनो शिशुलाई स्तनपान गराउन सक्छिन् ?

  • आमाले चाहेमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन । तर निम्न सुरक्षाका उपायहरु अपनाउनु पर्दछ :
  • स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।
  • बच्चालाई छुनु अघि र छोए पछि साबुन पानीले हात धुने ।
  • आफु बसेको ठाँउ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरि निसंक्रमण गर्नुहोस् ।

८. के कोभिड—१९ बाट संक्रामित आमाले आफ्नो नवजात शिशुलाई छुन, बोक्न मिल्छ ?

  • कोभिड—१९ बाट संक्रमित आमाले पनि बच्चालाई जन्मिने बित्तिकै स्तनपान गराउनु र नजिक राख्न मिल्छ । यसले बच्चालाई स्वस्थ राख्न सहयोग गर्छ । तर आमाले यी कुराहरुलाई ध्यान दिनुपर्दछ:
  • नाक, मुखमा राम्ररी माक्स लगाई स्तनपान गराउने
  • नवजात शिशुलाई आफ्नो छातीमा टाँसेर राख्ने
  • नवजात शिशुलाई आफुसंगै राख्ने

९. कोभिड–१९ बाट संक्रमित बिरामी महिलाले आनोे शिशुलाई प्रत्यक्ष स्तनपान गर्न के के गर्नुपर्छ ?

  • यदि तपाई कोभिड १९ बाट संक्रमित भई बिरामी हुनुहुन्छ र अरु जटिलताले स्तनपान गराउन नसक्ने अवस्था भएमा तलका उपायहरु अपनाएर स्तनपान गराउन सक्नुहुन्छ:
  • आफ्नो दूध निचोरेर बच्चालाई खुवाउने
  • बिरामी निको भएपछि स्तनपान गराउन

 

कोभिड–१९ सम्बन्धी थप जिज्ञासा वा परामर्श चाहिएमा पैसा नलाग्ने कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गर्नुहोस् ।

Get our Articles Right in your Inbox every week.

* indicates required