IVF चमत्कार कि विकृति?

2024-04-18 2211

IVF Miracle or Distort...

प्रजनन् सँग सम्बन्धित विषय हाम्रो समाजकालागि एकदमै संवेदनशील विषय हो ।  नेपालीहरुको शिक्षामा पहुँच बढेको कारण यौन स्वस्थको ज्ञान धेरैसँग छ तर पनि यस विषयमा खुलेर कुराकानी गर्ने परिपाटी अझै बसिसकेको छैन । पढेलेखेका महिला तथा पुरुषहरु पनि युगौंदेखि चलिआएका अन्धविश्वास मानिरहेकै छन् । नेपालको यस्तो परिवेशमा आधुनिक प्रजनन् चिकित्सा (IUI वा IVF) को कुरा गर्ने हो भने केहि मानिसहरु यसका पक्ष र केहि विपक्षमा उभिनु सामान्य हो । कति  यसलाई मानव समजमा आएको विकृति मान्छन् भने कति यसलाई आधुनिक चमत्कार ।

आखिरमा वास्तविकता के हो  र यसलाई कसरी लिने भन्ने बारेमा  हामीले आज प्रस्ट पार्न खोजेका छौं ।


IVF र विकृति

कति मानिस IVF भन्ने वितिकै वीर्य दान लिएर सन्तान जन्माउने  प्रक्रिया भन्ने सोच्छन, जबकी यो पूर्ण रुपमा सत्य होइन । धेरै अवस्थामा पुरुष वा महिला सम्बन्धि सानो कारण हुन सक्छन् जसले गर्दा मिहिला र पुरुषका डिम्ब र शुक्रकिट निषेचित हुन पाउंदैन र सन्तान जन्मिन सक्दैन । जस्तै गर्भनली बन्द भएको, अण्डा राम्रो नबनेको, शुक्रकिटको आकार, संख्या आदिमा गडबडी रहेको आदि । यी सबै अवस्थामा सन्तान प्राप्त गर्न IVF उपयोगी हुन्छ किनभने यो विधिमा डिम्ब र शुक्रकिट झिकेर बाहिरै निषेचित गराइन्छ र पाठेघरमा स्थापित गर्न हालिन्छ । यस बाहेक विशेष अवस्थामा डिम्ब, शुक्रकिट वा भ्रुण दान लिएर IVF गरेपनि त्यो आमाको कोखमा ९ महिना हुर्किन्छ र एउटा साधारण गर्भधारणमा हुने सम्पूर्ण पाटोको अनुभव हुन्छ । यसले सबैमा हुने सन्तान चाहलाई पूर्ति गर्ने र जिवन निरस हुन बाट बचाउने भएकोले यो कदापि विकृति हुन सक्दैन ।

यदि कोहि सक्षम हुँदा-हुँदै पनि आफ्नो सन्तान जन्माउन तेस्रो महिलाको प्रयोग गर्छ भने त्यसले भावनात्मक सम्बन्ध कम्जोर पार्न सक्ने डर अवश्य देखिन्छ । फेरि यसकै चमत्कार स्वरूप तेश्रो लिंगीहरुले आफ्नो सन्तान पाइरहेका छन् ।

IVF प्रविधिको विकास धेरै भएपनि यो १००% सफल छैन र मानव स्वास्थ्य पनि प्राकृतिक गर्भधारणमा जस्तो १००% समान हुन सक्दैन । यस सँग केहि चुनौति थपिन्छन् । जस्तै

Risks Associated with ...

(Source: fertilityiq.com/ivf-in-vitro-fertilization/risks-of-ivf)
*OHSS = Ovarian Hyper Stimulating Syndrome

धेरै डिम्ब उत्पादन गर्न दिइएको औषधिको प्रभाव लामो समय सम्म रहिरहन सक्छ । एकपटकमा धेरै सन्तान जन्मिन सक्छन वा केहि स्वास्थ्य सम्बन्धि चुनौति बच्चा वा आमामा देखिन सक्छ । यी सब कुराहरुको प्रभाव न्यूनीकरण भने अवश्य गर्न सकिन्छ जसका लागि विज्ञ र अस्पतालको सही चयन गर्नु जरुरी हुन्छ ।

IVF पध्दतिको प्रयोग लिङ्ग भेद, स्वार्थका कारण अरुलाई गर्भधारण गर्न लगाउने जस्ता कुरामा नलगाए यो मानव जातिको लागि हितकारी नै देखिन्छ ।

IVF र चमत्कार

IVF लाई चमत्कारकै संज्ञा दिंदा पनि अत्योक्ति नहोला किनभने यसको मद्दतले पूर्ण रुपमा आशा मरिसकेका दम्पतिहरुले सन्तान प्राप्त गर्न सकेका छन् । हालैमा छिमेकि राष्ट्र भारतमा ७४ वर्षको एक महिलाले सन्तान प्राप्त गरेकी छिन् । यतिका वर्ष यस प्रविधि बारेमा थाहै नभएर उनीहरुले यसरी उमेर दल्केपछि IVF गराएको पाइएको छ जबकी IVF को सफलता बढ्दो उमेर संगै घट्दै गएको हुन्छ ।

यस विधिबाट एकल महिला/पुरुष वा तेश्रोलिंगीहरुले पनि सन्तान प्राप्त गर्न सक्छन् । यसरी यो सन्तान को पर्खाइमा रहेका सबै दम्पतिका लागि लाभकारी हुने देखिन्छ ।

केहि खोजले यो पनि पत्ता लगाएको छ कि एकपटक IVF गराएका महिलामा प्रजनन् क्षमता बढ्न सक्छ र बिना IVF नै उनीहरुले दोश्रो सन्तान प्राप्त गर्ने सम्भावना रहन्छ । कति क्लिनिकमा IVF पछि सहवास गर्दा थप सन्तान नहुन दिन गर्भरोधक साधनको प्रयोग गर्न पनि सुझाव दिइन्छ ।

यसरी हरेस खाएका वा जीवन निरस भएका दम्पतिहरुका लागि IVF वरदान नै हो ।

IVF राम्रो कि नराम्रो भनी बहस नै गर्ने हो भने धेरै तर्क-वितर्कहरु दिन सकिन्छ तर हामीले यसबाट मानव जीवनलाई कति सहज वा असहज बनाएका छौं निर्क्यौल गर्नु जरुरी छ । IVF का बारेमा दुषप्रचार गर्नुभन्दा पहिले राम्ररी बुझेर कुनै निष्कर्षमा पुग्नु आवश्यक छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required