विकसित मुलुकमा फर्टिलिटि फ्रिजिंगको बढ्दो उपयोग

2019-11-30 2008

blog_cover.jpg

नेपालमा सडकदेखि सदनसम्म महिलाहरुको सहभागिता बढेको छ। अफिसमा आफूजस्तै धेरै महिलाहरुको सहभागिता बढेको देख्दा खुशी लाग्छ। तर मानव संसाधन विभागमा भएर पनि आफ्नो अफिसको सरसुविधा महिलामैत्री बनाउन नसकेको देख्दा दु:ख लाग्छ मलाई । केहि महिना अघिको कुरा हो, मैले पत्रिकामा पढेको थिएँ, “एक महिलाले सन्तान प्राप्ति नहुँदा उपचारका लागि राजधानीमा सरुवा गरिपाउँ भनेर विन्ती गर्दा त्यसलाई अस्विकार गरिएको थियो ।” एक महिलाको लागि मातृत्वको अधिकारबाट बन्चित गराउनु कति दु:खको कुरा हो ।

विकसित मुलुकमा महिलाको सन्तान प्राप्त गर्ने अधिकारलाई विशेष महत्व दिइन्छ । मातृत्व विदा अघि कैयौं कम्पनिहरुले घर वा कार्यालय जहाँबाट सुविधा हुन्छ त्यहाँबाट काम गर्ने मौका पनि दिएका हुन्छन्। अझै महिलाहरुलाई काममा प्रेरित गर्न र हरेक रुपले सन्तान प्राप्त गर्न इच्छुक भएको बेला मात्र सन्तान प्राप्त गर्न फर्टिलिटि फ्रिजिंगको सुविधा दिन थालेका छन् ।

CNBC र Fertility IQ का अध्ययनका अनुसार Facebook, Uber, Pinterest, Alphabet, Microsoft, Google जस्ता ख्याति प्राप्त कम्पनिहरुले आफ्नो कर्मचारी सुविधाअन्तर्गत फर्टिलिटि फ्रिजिंग र IVF Cycle को सुविधा दिन थालेका छन् । हाम्रो देशमा भने IVF अझै एउटा खुलेर चर्चा गर्न नहुने विषयकै रुपमा व्याप्त छ । फर्टिलिटि फ्रिजिंग र IVF विधिबाट सन्तान प्राप्त गर्न सफल भएपनि त्यो कुरा सबैका अगाडि गर्न हिच्किचाउंछन् जसले गर्दा अरु दम्पतीहरु यस्ता सुविधाबारे अझै अनभिज्ञ छन् ।

फर्टिलिटि फ्रिजिंग के हो ?

आफ्नो उर्वरा शक्ति कायम भएकै बेला महिलाले केहि विकसित डिम्बहरुलाई पछि प्रयोग गर्ने हिसाबले Ovum Freezing Technology को उपयोग गरेर फ्रिज गरेर राख्न सक्छन् । यस्तै पुरुषको शुक्रकिट वा कहिलेकाहिँ भ्रुणलाई पनि फ्रिज गरेर राख्न सकिन्छ ।

आजकल Advanced Vitrification Process को प्रयोग गरिन्छ जसले गर्दा फ्रिज गरेको डिम्बबाट पनि ताजा डिम्बबाट गरिएको IVF जस्तै नतिजा आइरहेको छ ।

फर्टिलिटि फ्रिजिंग किन गर्ने ?

महिलाहरुसंग निश्चित परिमाणमा डिम्ब उत्पादन गर्ने क्षमता हुन्छ जुन उमेर सँग घट्दै जान्छ । २०-३० वर्षको उमेरमा उत्तम प्रकारका डिम्बहरु उत्पादन हुन्छन् र गर्भधारण सजिलो हुन्छ । समय र हाम्रो खानपान तथा अन्य कारणहरुले हाम्रो शरीरमा बदलाव आउँछ र गर्भधारणमा समस्या आउन थाल्छ । Journal of Assisted Reproduction and Genetics का आधारमा ४० वर्षका महिलामा Miscarriage को सम्भावना ४०% सम्म हुन्छ भने ४५ वर्ष पुग्दा ६०% सम्म पुग्छ ।

त्यसैले उमेर रहँदै परिप्वक्क डिम्बहरुलाई सुरक्षित गरेर आफ्नो सन्तान प्राप्तिको यात्रालाई सहज बनाउन फर्टिलिटि फ्रिजिंग गरिन्छ ।

फर्टिलिटि फ्रिजिंगका अवस्थाहरु

  • आर्थिक, मानसिक वा कुनै यस्तै अवस्थाका कारण ३० वर्षभन्दा बढी उमेर पछि सन्तान प्राप्त गर्ने इच्छा भएमा
  • फर्टिलिटिलाई हानी पुर्याउने किसिमको उपचार जस्तै केमोथेरापी गराउनु पर्ने भएमा
  • एक भन्दा बढी साइकल IVF गराउनु पर्ने भएमा
  • डिम्ब झिकेको दिनबाट केहि दिनको अन्तराल पश्चातमात्र IVF गराउने भएमा
  • आफ्नो पुरुष साथी चयन गर्न समय लागेमा
  • परिवारको कुनै सदस्यमा Pre-mature ovarian Failure भएमा
  • वसोवास वरपर धेरै विषाधि, खानिज पदार्थ, धातु आदिको प्रभाव भएमा

फर्टिलिटि फ्रिजिंग गराउनु उपयुक्त हुन्छ ।

फर्टिलिटि फ्रिजिंग कति समयका लागि गर्न सकिन्छ

फर्टिलिटि फ्रिजिंग जति लामो समयसम्म पनि गर्न सकिन्छ । यसले डिम्बको उत्पादन क्षमतामा कुनै नकारात्मक असर पुर्याउंदैन ।

आजको बदलिएको युगमा सन्तान प्राप्तिको महत्व उतिकै रहेपनि अब मानिसहरु आफू सक्षम भएपश्चातमात्र सन्तान प्रप्त गर्न चाहन्छन् तर उमेर संगै थपिएको प्रजनन् को चुनौतीले पछि सन्तान प्राप्त गर्न गाह्रो हुन सक्छ त्यसैले विकसित मुलुकमा समय रहँदै धेरै मानिसहरुले फर्टिलिटि फ्रिजिंग गराउन थालेका छन् र IVF को मद्दतले सन्तान प्राप्ति गरिरहेका छन् ।

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको IVF र फर्टिलिटि फ्रिजिंग सुविधा उपलव्ध भएपनि मानिसहरुले पूर्णरुपमा यसबाट फाइदा लिन सकेका छैनन् ।

Get our Articles Right in your Inbox every week.

* indicates required