फर्टिलिटि फ्रिजिंग – सन्तान प्राप्तिको सम्भावनाको नयाँ आयाम

2020-12-11 2802

fertility freezing.jpg

एक महिलाले आफूभन्दा एक वर्षमात्र कान्छी छोरीलाई जन्म दिइन् भन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्,यो भ्रूण को उमेरको हिसाबमा मात्र भनिएको हो ।

fertility-freezing-2.jpg

Image Source: Science Alert

सन् १९९२ को अक्टोबर देखि फ्रिज गरेर राखिएको भ्रूणबाट अमेरिकाको टेनेसे भन्ने स्थानमा २८ वर्ष पश्चात मोली इवर्ट गिब्सनको जन्म भएको हो । यसैसँग उनले सबैभन्दा लामो समयको फ्रिजिंग पश्चात सकुशल जन्मिने बालिकाको किर्तिमान राखेकी छिन् ।

मोलीकी आमा, टीनाको उमेर अहिले २९ वर्ष मात्र भएको छ । सामान्यतय: भ्रूण बनेको करिब ९ महिना पश्चात त्यसबाट शिशु जन्मिन्छ । यस हिसाबमा मोली र टीना लगभग उही उमेरका हुने थिए तर अहिले उनीहरु बीचमा एक पुस्ताको अन्तराल  छ । यो केवल फर्टिलिटि फ्रिजिंगका कारण सम्भव भएको हो ।

यसभन्दा पहिले सबैभन्दा लामो समय फ्रिज गरेर राखिको भ्रूणबाट सकुशल जन्मिने बच्चाको किर्तिमान उनकै दिदी, इमा रेन गिब्सनको नाममा रहेको थियो । उनको जन्म २४ वर्षसम्म फ्रिज गरेर राखिएको भ्रूणबाट भएको थियो ।

सन्तान प्राप्त नहुने समस्या बाट पिडित टीनाले डोनर भ्रूणको सहयोग लिएकी थिइन् । IVF प्रकृयामा एक पटकमा धेरै भन्दा धेरै भ्रूण बनाउने कोसिस गरिन्छ जसले गर्दा पहिलो पटकको IVF प्रयास असफल भइहाले दोस्रो पटकमा फ्रिज गरेर राखिएको त्यही भ्रूण प्रयोग गर्न सकियोस् । कहिलेकाँहि सन्तान प्राप्त भएपछि केहि भ्रूण अनावश्यक हुन सक्छ । यस्ता भ्रूणलाई डोनेट गर्न सकिन्छ । अमेरिका यस्ता भ्रूण राख्ने र नि:सन्तान परिवारलाई सहयोग गर्ने कार्यमा धेरै गैर-सरकारी संस्थाहरु लागेका छन् । लामो समयसम्म भ्रूण फ्रिज गरेर राख्दा खर्च लाग्ने र श्रीमान्-श्रीमतीले सक्दो आफ्नै वीर्य र शुक्रकिट प्रयोग गर्ने हुनाले यस्तो परिपाटी हाम्रो भेगमा भने कम हुन्छ ।

विशेषज्ञका अनुसार भ्रूणलाई लिक्विड नाइट्रोजन को टयांक भित्र माइनस ३९६ डिग्री सेन्टिग्रेडमा राखे, त्यो वर्षौं-वर्ष सम्म सुरक्षित रहन सक्छ ।

फर्टिलिटि फ्रिजिंग के हो र यो किन आवश्यक पर्छ ?

फर्टिलिटि फ्रिजिंग एक विशेष विधि हो जस अन्तर्गत डिम्ब, शुक्रकिट वा भ्रूणलाई पछि प्रयोग गर्ने हिसाबमा सुरक्षित राख्ने गरिन्छ । कुनै कारणले प्रजनन् शक्तिमा हानी पुग्ने देखिएमा, करियर बनाएर मात्र सन्तान प्राप्त गर्ने सोच भएमा, वंशानुगत कारणले समय अगावै महिनावारी बन्द हुने समस्या भएमा, IVF को अर्को साइकलमा मात्र गर्भधारण गर्ने सोच भएमा, विवाह गर्न समय लाग्ने भएमा वा यस्तै अन्य धेरै कारणहरुले गर्दा फर्टिलिटि फ्रिजिंग आवश्यक हुन्छ ।

फर्टिलिटि फ्रिजिंग सम्बन्धि थप जानकारीका लागि यस लिंकमा जानुहोस्

विकसित मुलुकमा फर्टिलिटि फ्रिजिंगको बढ्दो उपयोग

आजभोलि पब्लिक फिगरहरु जस्तै नायक-नायिका, मोडेल, धावक तथा अन्य खेलाडीहरुमा फर्टिलिटि फ्रिजिंगको चलन बढेको छ । आमा-बुबाको भूमिका निर्वाह गर्न कठिन हुने समयमा फ्रिज गरेर राखेको डिम्ब / शुक्रकिट/भ्रूण बाट उनीहरुले चाहेको बेला सजिलै सन्तान प्राप्त गर्न सक्नेछन् । यसले आफ्नो करियरमा पूर्ण रुपमा लाग्ने र चाहेको बेला सन्तानको सुख प्राप्त गर्ने मौका दिएको छ।

विकसित मुलुकमा यस्तो चलन धेरै पहिलेदेखि रहे पनि भारत तथा नेपालमा केहि उदाहरणमात्र भेटिने गरेका छन् ।हालै हिन्दि सिनेमा जगत र टेलिसिरियलमा चर्चित अभिनेत्री मोना सिंहले आफूले समयमै फर्टिलिटि फ्रिजिंग गराएको भएर सन्तान प्राप्त गर्ने हतार नभएको बताएकी छिन् । आफ्नो हिसाबले जीवनका उतार-चढाव देखेको र जीवनलाई बुझेको उमेरमा विवाह गर्दा उनी झन् उत्साहित रहेको बताइन् ।

फर्टिलिटि उमेर संगै कम हुँदै जान्छ र ३५ वर्ष पश्चात महिलामा तीव्र रुपमा कम हुन थाल्छ तर यसको मतलब २० वर्षमै विवाह गरेर सन्तान प्राप्त गरिहाल्नु पर्छ भन्ने पक्कै होइन । फर्टिलिटि फ्रिजिंगको प्रयोगले मन लागेको बेला सन्तान प्राप्त गर्न सम्भव छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required