यसरी सन्तान प्राप्तिको यात्रा सहज बनाउनुहोस्

2024-04-20 2771

Tipsforfertility

साना-साना बालबालिकाहरुसँग खेल्न कसले मन पराउँदैन र ? उनीहरुको तोतेबोली अनि चुलबुले गतिविधिले जोकोहीको मन हरेको हुन्छ – एकपटक आफ्नो बाल्यकालको याद दिलाएको हुन्छ। उमेर पुगेका सम्पूर्ण दम्पतिमा आफ्नै सन्तान पाउने इच्छा पनि त्यस्तै तीव्र हुन्छ तर सबका लागि यो सन्तान प्राप्तिको बाटो सहज हुँदैन। हाम्रो बदलिँदो जीवनयापनको शैली, खानपान, हर्मोनको गडबडी जस्ता विभिन्न कारणहरुले गर्दा सन्तान प्राप्तिका चुनौतिहरु थपिँदै गएका छन्।

यदि तपाईं पनि विगत १ वर्षदेखिको नियमित सम्पर्कबाट (बिना अस्थायी वा स्थायी साधनको प्रयोग) गर्भधारण गर्न/गराउन सक्नुभएको छैन भने यस्तो समस्याबाट पीडित तपाइँ एक्लो हुनहुन्न। केहि अध्ययनका अनुसार नेपालमा २/१० दम्पतिहरु यस्तै समस्या अर्थात् बाँझोपनबाट पीडित छन्।

बाँझोपन भए के गर्ने त ?

सर्वप्रथम बाँझोपन कुनै दैविक प्रभाव वा दोषको उपज होइन भन्ने कुरा बुझ्नुपर्छ र यसको कारण पत्ता लगाउनतिर केन्द्रित हुनुपर्छ। बाँझोपनका सम्पूर्ण अवस्थामध्ये ४०% अवस्थाहरु महिलासँग सम्बन्धित छन् भने ३०% पुरुषसँग सम्बन्धित छन्। यस्तै २०% अवस्था दुवैका कारण हुन्छ भने १०% अवस्था अज्ञात कारणले हुन्छ। त्यसैले कुनै पनि दम्पतिले यस्तो अवस्थामा एक-अर्कालाई दोष दिनुभन्दा स्वाथ्य जाँच गराउनु उचित हुन्छ जसले गर्दा अनावश्यक कारणले सम्बन्ध बिग्रनबाट बच्न सक्छ भने छिटै उपचार गर्दा सफलताको सम्भावना पनि अधिक हुन्छ।

बाँझोपन भएको पुष्टि कसरी गर्ने

बाँझोपन हुनुका विभिन्न कारणहरु छन्। यसको पुष्टि विभिन्न प्रकारका जाँच गरे पश्चात मात्र हुन्छ।

महिला सम्बन्धि जाँच

  • रगतको जाँच: यसले हर्मोनको मात्रा र महिलाको महिनावारी सही छ वा छैन भन्ने पत्ता लगाउँछ।
  • Hysterosalpingography: यस अन्तर्गत महिलाको पाठेघरमा एक विशेष प्रकारको तरल पदार्थ राखिन्छ र त्यसको चाल X-rays को माध्यमले अध्ययन गरिन्छ। पाठेघर – गर्भनली आदि सबै ठीक छ वा छैन भन्ने कुरा यसबाट थाहा हुन्छ।
  • Laparoscopy: यस अन्तर्गत एउटा पातलो-लचिलो नली जसमा क्यामेरा जोडिएको हुन्छ त्यसलाई महिलाको तल्लो पेटको हिस्सामा लगिन्छ र कुनै प्रकारको गडबडी त छैन भनेर हेरिन्छ । जस्तै – endometriosis, scarring, नलीमा कुनै रुकावट, पाठेघरको अवस्था, गर्भनलीको अवस्था, आदि

यस बाहेक थप समस्या छ वा छैन भन्ने जान्नलाई Ovarian Reserve Testing, Genetic Testing, Pelvic Ultrasound, Chlamydia test, Thyroid test आदि गरिन्छ ।

पुरुष सम्बन्धि जाँच

  • शुक्रकिटको जाँच: यस अन्तर्गत शुक्रकिटको बनोट, संख्या र चाल (फुर्ति) को जाँच गरिन्छ।
  • रगतको जाँच: यस अन्तर्गत विभिन्न हर्मोनको अवस्था जाँच गरिन्छ

लामो समयसम्मको प्रयासबाट पनि सन्तान प्राप्त नभएमा र माथिका जाँचबाट कुनै प्रकारको समस्या देखिएमा Assisted Reproductive Technology (ART) को माध्यमबाट सन्तान प्राप्त गर्न सकिन्छ ।

ART टेक्नोलोजी भनेको के हो?

ART टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत निम्न उपचार अपनाउन सकिन्छ।

IUI

यस अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई कल्चर गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ।

IVF

IVF मा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन्।

  • Natural IVF

    यस अन्तर्गत महिलाको प्राकृतिक महिनावारी चक्रसँग मेल गराइ एउटा डिम्बको प्रयोगबाटै IVF गरिन्छ।
  • Conventional IVF

    यस अन्तर्गत डिम्ब निकाल्ने र पुनः स्थापित गर्ने काम फरक चक्रमा गरिन्छ। यसमा फ्रीजिंग विधि, ICSI, Laser Assisted Hatching जस्ता विधिको प्रयोग गरेर IVF झन् प्रभावकारी बनाइन्छ ।

IVF विधिको धेरै प्रयोग र क्रमिक विकाससंगै यो विधि झन् प्रभावकारी भएको छ । एक अध्ययनका अनुसार आजकल ART प्रयोगगर्ने दम्पतिको संख्या धेरै नै बढेको छ । प्रविधिले धेरै विकास गरिसकेपनि प्रत्येक IVF चक्रको सफलता कति सम्भव छ भन्न गाह्रो छ । औशत सफलता भने निकाल्न सकिन्छ जुन विश्वव्यापी रुपमा ३० देखि ६० प्रतिशतको आसपास छ ।

IVF को सफलता बढाउने प्रभवकारी उपाय

IVF को सफलतामा IVF गर्ने स्थान, IVF मा संलग्न डाक्टरको दक्षता, IVF गराउने दम्पतिको मानसिक स्थिति, खानपान र उनीहरुले अपनाउने सावधानीको ठूलो भूमिका हुन्छ। तल केहि प्रभावकारी उपायहरु दिइएका छन्।

  • आफ्नो तौललाई सही बनाएर राख्नुहोस्
  • शुक्रकिटलाई स्वास्थ राख्न खानपान, व्यायाम र कामको वातावरणमा ध्यान दिनुहोस्
  • पायक पर्ने ठाउँमा अनुभवी र तपाईको समस्या बुझ्ने डाक्टरको सल्लाह लिनुहोस् । सल्लाह लिँदा सहजता र असल सम्बन्ध स्थापित भएको महसुस गर्नु आवश्यक हुन्छ
  • विभिन्न सिर्जनशील उपायहरु अपनाएर आफ्नो तनाव कम गर्नुहोस्
  • कुनै पनि किसिमका दुर्व्यसन छ भने त्यसलाई त्यागदिनुहोस्
  • प्रोटिन, भिटामिन वा कुनै हर्मोनको कमी पूर्तिका लागि चाहिने थप आहार डाक्टरको सल्लाह अनुसार लिनुहोस्
  • कुनै जटिल किसिमको ब्यायाम नगर्नुहोस् । हल्का किसिमका व्यायाम, ध्यान र योगा उपयोगी हुन्छन्
  • हरेस नखाई उचारमा विश्वास राखेर अगाडि बढ्नुहोस्
  • सकारात्मक सोच विकास गर्ने किताब पढ्दा वा त्यस प्रकारको चलचित्र हेर्दा पनि फाइदा हुन्छ
  • पर्याप्त आराम गर्नुहोस् र सबैसंग मिलेर राम्रो समय व्यतित गर्नुहोस्

सन्तान प्राप्तिको बाटो सहज हुँदैन र यसमा उपचार मात्र प्रभावकारी हुन सक्दैन जबसम्म यसमा उपचार गराउनेको विश्वास, उचित सहयोग र समर्पण हुन्न ।

वात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं ।उनीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र IVF को चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ । निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाहसुझावका लागि वात्सल्यलाई सम्झन सकिन्छ ।

थप जानकारीका लागि सम्पर्क
वात्सल्य नेचुरल IVF
नारायणचौर, नक्साल, काठमाण्डौं
01-4434554 / 01-4434576
 [email protected]
 Emergency Line: 9801823404

Get our Articles Right in your Inbox every week.

* indicates required