2021-05-07 2783
कोभिड-१९ सम्बन्धि खोजअनुसन्धान लगातार भइरहेको छ । यसबारे केहि तथ्य पत्ता लागेको भएपनि सम्पूर्ण जानकारी हासिल भइसकेको छैन त्यसैले किटान गरेर केहि भन्न मिल्दैन । प्राप्त केहि तथ्याँकका हिसाबमा निर्णय लिनु र सावधानी अपनाउनु नै उचित देखिन्छ ।
Bmj.com ले हालै (१२ मार्च २०२१) मा गरेको एक अनुसन्धानले कोरोना संक्रमित तर गर्भवति नभएको महिलाको तुलनामा कोरोना संक्रमित गर्भवति महिलामा ज्वरो आउने, आङ् दुख्ने समस्या कम देखिएपनि जटिल भएमा विशेष उपचार आवश्यक पर्ने सम्भावना बढी हुने देखाएको छ ।
खासगरी दीर्घ रोगी (उच्च रक्तचाप, मधुमेह, आदि भएको), बढी तौल भएको वा बढी उमेर भएको गर्भवति महिलामा यसको प्रभाव बढी पर्ने देखिन्छ। गर्भधारण गर्ने उमेरको गर्भवति नभएको महिला भन्दा गर्भवति महिलालाई भेन्टिलेटर वा आइ. सि. यू. को आवश्यकता बढी पर्न सक्छ । यस्तै कोरोना संक्रमित गर्भवति महिलाले समयपुर्व नै सन्तान जन्माउन सक्ने सम्भावना पनि अधिक रहेको देखिन्छ ।
विश्वव्यापी रुपमा गरिएका केहि अध्ययनले हरेक ४ कोरोना संक्रमित गर्भवति महिला मध्ये १ को सन्तानलाई एन. आइ. सि. यू. आवश्यक परेको देखाएको छ तर के कारण ले एन. आइ. सि. यू. आवश्यक पर्यो भनी यकिन हुन सकेको छैन । जन्मेको बच्चाको मृत्यु दर भने न्यून देखिएको छ । हालसम्म बच्चा गर्भमा हुँदा आमा बाट सन्तानमा सर्छ कि सर्दैन, सर्छ भने कुन अवस्थामा सर्छ यकिन गर्न सकिएको छैन । विस्तृत खोज-अनुसन्धान जारी छ ।
कोभिड-१९ को असर कहिले सम्म हुन्छ भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा जीवनक्रम रुक्नु हुँदैन। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सकेसम्म आफूलाई स्वस्थ राख्ने कोसिस गर्नुपर्छ । यस संगै जीवनका महत्वपूर्ण कामहरु पनि गर्दै जानुपर्छ ।
गर्भधारणका बेला जोखिम कम गर्न यी कुराहरुमा ध्यान दिनुहोस् ।
यस समयमा आफ्नो प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउने, सक्दो रोगसँग बच्ने र केहि गरी लागि हाले छिटो निको हुन आफुलाई तयार राख्नेमा नै जोड दिनुपर्छ । जीवन रुक्न सक्दैन त्यसैले उचित निर्यणका साथ अघि बढौं ।