2021-01-07 752
सन्तान प्राप्ति कसको पो इच्छा हुँदैन र ? तर हरेक चीजको आफ्नो निश्चित समय हुन्छ । आजकल विभिन्न कारणहरुले गर्दा मानिसहरु सन्तान प्राप्ति का लागि ३० वर्ष भन्दा माथिको उमेरमा मात्र सोच्छन् । के महिलाको शरीर यसको लागि तयार छ त ?
हामी सबैलाई थाहा छ, उमेरसँगै महिलाको प्रजनन् क्षमतामा कमि आउन थाल्छ र एक उमेरपश्चात सन्तान प्राप्त गर्न सम्भव हुँदैन । यसो भए के गर्ने ? आफ्नो इच्छा अनुसार भनेको समयमा गर्भधारण गरी सन्तान प्राप्त गर्न महिलाहरुले डिम्ब फ्रिजिंगको सहयोग लिन सक्छन् । यसो गर्नाले चाहेको समयमा रमाइलो गर्न, घुमघाम गर्न, करियर बनाउन, पैसा कमाउन, आर्थिक रुपमा सबल बन्न, आफ्नो पहिचान बनाउन वा यस्तै सक्रिय कार्यमा लाग्न सकिन्छ ।
महिलाको शरीरमा भएको डिम्बको संख्या र गुणस्तर उमेर संगै घट्दै जान्छ त्यसैले उमेर रहँदै डिम्ब फ्रिजिंग गर्नु उचित देखिन्छ । डिम्ब फ्रिजिंग गर्ने विभिन्न उमेर समूहका आफ्नै फाइदा र बेफाइदा छन् ।
बैज्ञानिक हिसाबले हेर्ने हो भने, महिलामा प्रजनन् सम्बन्धि कुनै समस्या छैन भने यस बेला प्राप्त हुने डिम्ब उत्कृष्ट किसिमका हुन्छन् र महिलाको सन्तान प्राप्त गर्ने क्षमता पनि उच्च हुन्छ । डिम्ब प्राप्त गर्न गरिने प्रक्रियामा पनि एकै पटकमा पर्याप्त डिम्ब प्राप्त गर्न सकिन्छ र त्यसको निषेचन हुने क्षमता पनि बढी हुन्छ त्यसैले यस उमेरमा फिजिंग गरे सफलताको सम्भावाना अधिक रहन्छ ।
यस उमेरमा महिलासँग धेरै पैसा नहुने हुनाले धेरै वर्षसम्म डिम्ब फ्रिज गरेर राख्दा अनावश्यक खर्च बढ्दै जान्छ । त्यसैले कुनै प्रायोजक/बीमा भएमा मात्र यो उमेरमा फ्रिज गर्नु उचित हुन्छ ।
यस समयलाई सबैभन्दा अनुकुल समय मानिएको छ । यस बेलामा डिम्बको संख्या र गुणस्तर अधिक रुपमा उचित नै हुन्छ र फ्रिजिंग विधि अपनाउँदा एक प्रयास मै पर्याप्त डिम्ब प्राप्त गर्न सकिन्छ ।
यस बेला धेरै दम्पतिहरु सन्तान प्राप्तिको सोचमा हुन्छन् त्यसैले डिम्ब फ्रिजिंगको औचित्य कति छ बुझ्नु जरुरी हुन्छ । सन्तान प्राप्ति पछि गर्ने भए यस उमेरमा डिम्ब फ्रिज गर्न सकिन्छ ।
यस उमेरबाट महिलाको प्रजनन् क्षमतामा तीव्र रुपमा कमि आउन थाल्छ । डिम्बको गुणस्तर खस्किन थाल्छ त्यसैले सफलताका लागि अधिक डिम्ब फ्रिज गर्नुपर्छ ।
यस उमेरमा फ्रिज गरे आर्थिक रुपमा कम खर्च लाग्ने देखिएपनि धेरै डिम्ब प्राप्त गर्न २-३ चोटी डिम्ब प्राप्त गर्ने प्रक्रिया गर्नुपर्ने हुन सक्छ । यस उमेरका डिम्बको सफलता दर पनि कम भएको कारण धेरै डिम्ब फ्रिज गर्दा आर्थिक भार पर्न जान सक्छ ।
३८ वर्षको उमेरमा सन्तान प्राप्ति चुनौतिपूर्ण हुन सक्छ। यस्तो उमेरमा डोनर डिम्बको प्रयोग गरे राम्रो नतिजा प्राप्त गर्न सकिन्छ । अझै केहि वर्ष पश्चात सन्तान प्राप्त गर्ने भए ३-४ पटक को प्रयासमा संकलन गरिएको डिम्बलाई फ्रिज गरेर राख्न सकिन्छ तर यसको सफलता दर कम हुनजान्छ र खर्च पनि बढी ।
फर्टिलिटि फ्रिजिंगद्वारा धेरैले सन्तान प्राप्त गर्न सकेका छन् तर गर्भाधारणका अनेकौं चुनौती आफ्नै ठाउँमा छन् त्यसैले समयमै जीवनको योजना तयार पानुपर्छ र त्यही अनुरुप डिम्ब फ्रिज गर्न सकिन्छ । यसले भविष्यमा खुशियाली प्रदान गर्न मद्दत गर्नेछ ।