2021-02-09 8707
दाम्पत्य जीवन सन्तानको आगमन बिना प्राय: शून्य जस्तै हुन्छ त्यसैले विवाहको केहि वर्ष पश्चात नै प्राय: दम्पतिहरु सन्तान प्राप्तिको कोसिसमा लागिहाल्छन् । यसको एक प्रमूख कारण हाम्रो सामाजिक संरचना पनि हो । विवाहको धेरै वर्ष पश्चात पनि सन्तान प्राप्त भएन भने समाजले कुरो काट्न थाल्छ।
यसरी सन्तान प्राप्तिमा दम्पतिहरु लागेपनि सन्तान प्राप्ति सबैको लागि सहज हुँदैन । विभिन्न कारणहरुले गर्दा सन्तान प्राप्तिमा समस्या आउन सक्छ । तपाईंलाई पनि सन्तान प्राप्तिको समस्या छ भने चिन्ता नलिनुहोस् । तपाईं एक्लै हुनुहुन्न । करिब ८ मध्ये एक दम्पतिले यस्ता समस्या भोग्दै आएका छन् र उचित निदान र उपचार पश्चात ६० – ७० % दम्पतीले सफलता प्राप्त गरेका छन् ।
यदि तपाई पनि सन्तान प्राप्त गर्न के गर्ने भन्दै सोचिरहनुभएको छ भने, चिन्ता नलिनुहोस् । यी ५ कुराहरुमा ध्यान दिनुभयो भने सफलता प्राप्त गर्न सहज हुनेछ ।
स्वस्थ शरीरले नै स्वस्थ डिम्ब /शुक्रकिट उत्पादन गर्न सक्छ । त्यसैले सन्तान प्राप्त गर्ने योजना बनाएसँगै आफूलाई स्वस्थ बनाउन शुरु गर्नुहोस् । यसका लागि स्वस्थ र ताजा फलफूल खाने, बाहिरको धेरै नखाने, व्यायाम गर्ने, जाँड, रक्सी, चुरोट आदि नखाने, तनाव मुक्त रहने, सौहार्दता स्थापना गर्ने, तौल उचित राख्ने जस्ता कुराहरुमा ध्यान दिन सक्नुहुन्छ ।
स्वस्थ रहेसँगै नियमित यौन सम्पर्कमा पनि ध्यान दिनुपर्ने हुन्छ । आम बुझाईमा एक महिलाले महिनाको जुन समयमा पनि यौन सम्पर्क गरे गर्भधारण गर्न सक्छ भन्ने छ तर त्यो सही होइन । गर्भधारण गर्न महिला उर्वर अवस्थामा हुनुपर्छ । यो समय भनेको ओभुलेशनको ५ दिन अघि र १ दिन पश्चात सम्मको हो । शुक्रकिट महिलाको प्रजनन् अंगभित्र ५ दिन सम्म जीवित रहन सक्छ र डिम्ब निष्कासनपश्चात २४ घण्टा भित्र नै निषेचित हुनुपर्छ । यसै आधरमा उर्वर अवस्था निर्धारण गरिएको हो ।
उर्वर अवस्थामा नभएको समपर्क बाट सन्तान प्राप्ति हुन सक्दैन ।
उर्वर अवस्थामै यौन सम्पर्क भएको यकिन गर्न नियमित रुपमा (कम्तिमा हप्ताको ३ पटक) यौन सम्पर्क गर्नुपर्छ जसले गर्दा गर्भधारणको अधिक सम्भावना रहन्छ । यसका साथै ओभुलेसन को समय पत्ता लगाउन विभिन्न उपायहरु छन् । जस्तै
यी उपाय बाट पनि उर्वर अवस्थामा अधिक प्रयास गर्न सक्नुहुन्छ । यदि तपाइँको उमेर ३५ वर्षभन्दा मुनि छ भए १ वर्ष सम्म यस्तै प्रयास गर्न सक्नुहुन्छ। करिब ८०% दम्पतिले १ वर्षको प्रयासमा सफलता प्राप्त गर्छन् । यदि उमेर ३५ वर्ष भन्दा अधिक छ भने ६ महिना सम्म प्रयास गर्नुहोस् र सफलता प्राप्त भएन भने नि:सन्तान विशेषज्ञ सँग परामर्श लिनु पर्ने हुन्छ ।
प्रजनन् उपचारका लागि जाँदा आफूले उपचार रोज्ने भन्दा पनि कुन आवश्यक छ जान्नु जरुरी हुन्छ। हाम्रो परिवेशमा प्राकृतिक रुपमा सन्तान प्राप्त भएन भने त्यसपछि IUI गर्नुपर्छ भन्ने एउटा परिपाटी बनेको छ जसले गर्दा सफलता नहुने र समय तथा पैसाको नुक्सान हुने हुन सक्छ । त्यसैले उचित निदानमा ध्यान दिनुहोस् । आफ्ना समस्याहरु खुलेर राख्नुहोस् र भनिए अनुसारका टेष्टहरु गराउनुहोस् । यसो गर्नाले के-के कुरा मा सुधार गर्ने र कुन उपचार गर्ने बुझ्न सजिलो हुन्छ र सफलताको सम्भावना पनि अधिक हुन्छ ।
उचित निदान पश्चात सुधार गर्न सकिने पक्षहरुमा काम गर्न शुरु गर्नुहोस् र अवस्था अनुसारको उपचारबाट सन्तान प्राप्तिको सम्भावनालाई बलियो बनाउनुहोस् ।
गर्भधारण सफल हुन शरीरका विभिन्न अंग, प्रक्रिया, हाम्रो जीवनशैली, खानपान देखि विभिन्न कुराहरुको भूमिका रहन्छ । कहिलेकाँहि अज्ञात कुराहरुले पनि भूमिका खेल्छ त्यसैले आधुनिक उपचार प्रक्रिया पनि शत प्रतिशत सफल हुन सकेका छैनन् । त्यसैले एक पटक असफल हुँदैमा संतान नै नहुने हो कि भनी सोच्नु उचित होइन ।
नि:सन्तान उपचारको क्रममा तपाइँको सम्पूर्ण जानकारी राखिएको हुन्छ । यस्ता कारणहरुको सुक्ष्म अध्ययन गरेर मात्र अर्को पटक फेरि प्रयास गरिन्छ त्यसैले सन्तान प्राप्तिको सम्भावना अधिक हुन्छ।
सन्तान प्राप्तिको समस्या भोग्दै आउनुभएको छ, विभिन्न प्रयास पश्चात पनि सफल हुन सक्नुभएको छैन भने एक पटक हाम्रा विशेषज्ञहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ (९८०१८२३४०२/०४)। वात्सल्यमा सन्तान प्राप्तिका लागि प्रयास गरेका करिब ६०% दम्पतिहरुले सफलता प्राप्त गर्न सफल भएका छन् ।